शनिवार नेपाल सोनार समाज सेवा समिति द्वारा आयोजना गरिएको रंगारंग होलि मिलन कार्यक्रम समपन्न भएको छ । जानकी सेवा सदन बिराटनगरमा सो कार्यक्रम भव्यताको साथ समपन्न भए छ।
कार्यक्रममा यस संघका सबै भन्दा जेष्ठ नागरीक शिवचरन साहले दियो बाली कार्यक्रमलाई उदघाटन गरेको थियो भने स्वागत मन्तव्य दिपेन्द्र स्वर्णकारले राखेको थियो ।
कार्यक्रमको प्रमुख अथिती भीम पराजुली, बिशिस्ट अथितीहरु नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार राजेश गुप्ता ,नेपाली काङ्ग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने ,ने.बि. संघका पुर्व सह महामन्त्री कृष्ण कार्की ,नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष तथा एल पि ग्यास बिक्रेता संघ मोरङ अध्यक्ष गणेश कुमार साह,बिराटनगर वार्ड ९ का वार्ड अध्यक्ष बिश्वनाथ भगत, हिन्दु स्वयंसेवक प्रचारप्रसार बिभाग तीन जिल्ला प्रमुख तथा नेपाल वैश्य युवा संघ मोरङ सल्लाहकार सियाराम रौनियार , अथितीहरु बिराटनगर वार्ड नम्बर ६ का वार्ड सदस्य तथा नेपाल वैश्य युवा मोरङ्ग महासचिव सन्तोष साह, नेपाल सोनार सेवा समाजका उपाध्यक्ष सुरेन्द्र साह, दिपेन्द्र स्वर्णकार, सचिव नारायण स्वर्णकार, सह सचिव सन्जय सोनि, सह कोषाध्यक्ष भोला साह, दिनेश कुमार साह, कामेश्वर साह, लगायत विभिन्न अथितीहरु नेपाल सोनार समाजका स्वजाती बन्धुहरु हजारौं को संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा महिलाहरुको ब्यापक उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै बिशिस्ट अथिती अरुन न्यौपानेले भने यस समाजको निम्ति के के गर्नुपर्छ भने हामी गर्न तयार रहेको बताए ।
त्यसैगरी कृष्ण कार्कीले सोनार समाज द्वारा गरिएको होलि मिलन कार्यक्रम सराहनीय रहेको र हाम्रो संस्कृतिलाई जोगाउनको लागि यस्ता कार्यक्रम गर्नु पर्छ उनले बताए ।
त्यसै गरी कार्यक्रममा बोल्दै युवा नेता राजेश गुप्ताले हाम्रो मोरङ्ग जिल्लामा वैश्य समुदायको बाहुल्यता भए तापनि राजनीतिकमा पछाडी नै रहेको र बिराटनगर वार्ड ९ मा वैश्य समुदाय कै वडा अध्यक्ष र बिराटनगर महानगरपालिका वडा नम्बर १,६ र १८ मा सदस्यमा वैश्य समुदायले नै जितेको भएकोमा खुसी व्यक्त गरेको थियो ।
मोरङ्ग जिल्ला भरी छरेर रहेको वैश्य समुदायलाई एक भएर अगाडी बढनको लागि नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष गणेश कुमार साह सबैलाई आग्रह गरेको थियो ।
प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने समाज तब परिवर्तन हुन्छ जब हाम्रो छोराछोरी शिक्षित हुन्छ र त्यसैले सरकारी स्कुलहरु कक्षा १२ सम्म अङ्ग्रेजी मा पढनपाढन गराउनमा जोड दिदी , महिलाहरुलाइ सशक्तीकरण गर्न शिक्षामा नै जोड दिनुपर्छ,राज्यले केके अधिकार दिइएको छ,केके सुविधा दिइएको छ यहा हरुले अध्यन गर्न जरुरी हुन्छ । त्यसैले शिक्षाको अतिनै महत्व आजको दिनमा रहेको बताए ।
र्कायक्रममा भाइरल डान्स क्लब द्वारा नृत्य, गित संगीत पनि प्रस्तुति गरिएको थियो । सो कार्यक्रमका सभापति महेश कुमार स्वर्णकारले होलिको शुभकामना दिदै हाम्रो रितिरिवाज,परम्परा ,संस्कृति लाई जोगाइ राख्ने गरि नेपालको राष्ट्रिय पर्व होलि पर्व बिजय उत्सवको रुपमा मनाउनु पर्छ,हाम्रो सोनार स्वजातिहरुलाई एकताबद्ध गरि दहेज प्रर्थालाइ अत्यन्त गर्न हामी सबै मिलेर अगाडि बढनु पर्छ।हामी जबसम्म मिलेनौ तबसम्म हाम्रो अधिकार प्राप्त नहुने जिकिर गर्नुको साथै असत्य माथी सत्यको जित भएकै कारण होलिका दहन हुने गरेको छ भन्दै कार्यक्रम समापन गरेको थियो।
कार्यक्रम संचालन संघका सचिव नारायण स्वर्णकारले गरेको थियो ।