हिपमत डटकम

आइतबार, चैत्र १५, २०७७ || 859  पटक पढिएको

दैलेख । संरक्षित वन्यजन्तुको छाला सहित ८ जना पक्राउ परेका छन् । नारायण नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छाला सहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नौमुले गाउँपालिका–३ नाउले बस्ने धन बहादुर सुनार, सोही गाउँपालिका–१ लेली बस्ने कविराम अधिकारी, सोही गाउँपालिका–४ बस्ने रोशन बस्नेत, सोही गाउँपालिका–२ बस्ने धन बहादुर पुरी, सोही गाउँपालिका–३ बस्ने दल बहादुर खत्री, सोही गाउँपालिका–२ बस्ने हस्त बहादुर थापा, भगवतिमाइ गाउँपालिका–१ बस्ने गोविन्द्र थापा र सोही गाउँपालिका–२ बस्ने धन बहादुर रावत रहेका छन् ।

वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सोही नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकमा क.०२००१ ज.००३६ नम्बरको बलेरो जिप जाँच गर्ने क्रममा उक्त छाला फेला पारी जिपमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई बरामद भएको छाला सहित आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!