होलिको शुभअवसरमा सरसफाई कार्यक्रम

आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर मलंगवा बनाऔं

मनिस कुमार दास

आइतबार, चैत्र १५, २०७७ || 2579  पटक पढिएको

सर्लाही । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर मलंगवा बनाऔं भन्ने नाराका साथ वडा नं ६ मा सरसफाई कार्यक्रम सम्पन्न भयो । होली तथा सब ए-बरात को शुभ अवसरमा मिथिला यूवा सामाज द्धारा सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गर्न नहुने संस्थाको अध्यक्ष अमरनाथ साहले हिपमत डटकम लाई बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सांसद प्रमोद साह , बिशिष्ठ अतिथि मलंगवा नापा-६ (खुटौना) का सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी , मिथिला यूवा समाज का सम्पुर्ण सदस्य साथै गाँउका बुद्धीजिवि , युवा ,समाजसेवी भरभलादमीहरुको सहभागीता थियो ।

मिथिला यूवा सामाजको अध्यक्ष अमरनाथ साहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!