हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 901  पटक पढिएको

धादिङ नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिइन्।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मानबहादुरको शव फेला पारेका थिए।रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!