हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 592  पटक पढिएको

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन केही दिन भित्र फिर्ता लिने बताएका छन् । वृहत नागरिक आन्दाेलनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिगामी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

तत्काल समर्थन फिर्ता नलिन दलहरुबाट दबाव आएको बताउँदै उनले केही दिन भित्र समर्थन फिर्ता लिने बताए । ‘साथीहरुले समर्थन फिर्ता लिए अवस्था अर्कै बन्छ भनेपछि अहिलेसम्म समर्थन गरेको हो,’ उनले भने ‘ हामी अब धेरै समय समर्थन गर्न सक्दैनौं, केही दिन भित्र फिर्ता लिन्छौं ।’

उनले अविश्वासको प्रस्ताव दर्ता र समर्थनको प्रस्तावसँगै फिर्ता लिने योजनाका कारण अहिलेसम्म समर्थन गरेको बताउँदै उनले भने ‘ एउटा न्यूनतम सहमति होस् र अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगैसँगै होस भन्नका निम्ती मात्रै मैले दारा किटेर समर्थनलाई एक–दुई दिन रोकेको हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!