हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 757  पटक पढिएको

कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका-६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए।

‘त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ। सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले भने।

घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याउँदा अस्पतालले मृत्त घोषणा गरेको डिएसपी थापाले बताए।

घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!