हिपमत डटकम

शुक्रबार, चैत्र १३, २०७७ || 689  पटक पढिएको

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!