हिपमत डटकम

शुक्रबार, चैत्र १३, २०७७ || 1289  पटक पढिएको

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ ।

बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ । खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ । रातोपाटि बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!