मेलम्चीबाट काठमाडौं ल्याइएको खानेपानीको चैत १५ गते विधिवत रुपमा उद्घाटन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानीको सार्वजनिक धारा खोलेर खानेपानीको विधिवत उद्घाटन गर्न लागेकी हुन् ।
उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयारी गरिएको आयोजना स्रोतले जनाएको छ ।