प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत भएको छ ।

सर्वोच्च अदालतले एकीकरणपछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय सांसदहरू अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएका हुन् ।

प्रदेश एक स्थित एमाले संसदीय दलको बैठकले पनि अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई एक साताको समय दिएको छ ।

बुधवारको बैठकमा खनाल-नेपाल पक्षका २ सांसद उपस्थित थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने मनस्थितिमा सांसदहरू पुगेको पूर्व मन्त्री समेत रहेका नेपाल पक्षीय सांसद जीवन घिमिरेले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव फिर्ता लिने सरसल्लाह भएको छ,’ सांसद घिमिरेले भने ।

नेकपा एकीकृत छँदा प्रचण्ड-नेपाल पक्षका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश १ मा एमाले एक्लैको बहुमत रहेकाले एमाले सांसदहरू प्रस्ताव फिर्ता लिन तयार भएपछि मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!