हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 648  पटक पढिएको

प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार एक महिला र एक पुरूषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३९ वर्षीय माया तामाङ र रौतहट गुजरा नगरपालिका-२ घर भई कीर्तिपुर नगरपालिका-३ बस्ने ३५ वर्षीय गनबहादुर लोप्चान छन्।

एसपी रमेश बस्नेतका अनुसार बुधबार राति साढे ८ बजे काठमाडौं-१४ कलंकीस्थित फुटपाथमा मायाले नक्कली नोट प्रयोग गरी तरकारी किनेकी थिइन्।

प्रहरीले नक्कली नोटको प्रयोग गरेको भन्ने खबर पाएपछि हुलियाको आधारमा प्रहरीले मायाको खोजी गरेको थियो। उनको खोजी गरी प्रहरीले मायालाई पक्राउ गरेको थियो।

उनलाई नियन्त्रणमा लिँदा प्रहरीले पाँच सयको ९ थान नक्कली नोट बरामद गरेको थियो।

कालीमाटी वृत्तमा राखेर उनीमाथि थप अनुसन्धान गर्दा उनकै बयानको आधारमा प्रहरीले गनबहादुर लोप्चनको खोजी गरेको थियो।

राति नै कीर्तिपुरस्थित डेराबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको कोठाबाट प्रहरीले ५१ वटा एक हजारको नक्कली नोट, ५७ वटा पाँच सयको नोट, दुइटा एक सयको नोट, प्रिन्टर, फोटोकपी पेपर, पेपर कटर, स्केल, चार वटा प्रिन्टर मसी, दुइटा मोबाइल र एउटा ल्यापटप बरामद गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!