हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 1094  पटक पढिएको

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको विदाइसँगै मुलुकले निकास पाउने बताएका छन्।

सानेपाको एक होटलमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले‍को समस्य नै केपी ओली हुन्। ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको हो। ओलीले विदा लिए पार्टको समस्या पनि हल हुन्छ अनि मुलुकले पनि निकास पाउँछ।’

यसरी हुँदैछ होटलमा माधव-झलनाथ समूहको कार्यकर्ता भेला

ओली सरकारको बजेटले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन सकेनन् : खनाल
प्रधानमन्त्री ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझाव – फागुन २८ को निर्णय फिर्ता गरेर भेलामा आउनुहोस्
स्याइबर स्याल ज्यूँदैछन्, गलत सूचना सम्प्रेषण गरिरहनेछन्, होसियार! : माधव नेपाल
उनले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको बताए। ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन। त्यही कारण यो अवस्था आयो, नेपालले भने।

नेपालले आलोचना र सुझाव सुन्‍न नचाहने ओलीले पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको र पार्टीभित्र पनि एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।नेपालले प्रधानमन्त्रीको कुर्सी बचाउन ओलीले संविधानको अपब्याख्या गरेको आरोप पनि लगए।

नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर ‘फेक सूचना’ सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए ।

‘फेक सूचना जारी गरियो । योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागज टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ। म आफैँ पनि हेरेँ, के पो आएछ ? उहाँको नाम र सही गरेको फोटोकपी गरेर टाँसेर गलत सूचना सम्प्रेषण गरिएको रहेछ।’

उनले साइबर स्यालहरु अझै पनि ज्यूँदै रहेको भन्दै होसियार हुन आफ्ना पार्टी कार्तकर्तामाझ आग्रह गरे। ‘साइबर स्याल अझै पनि बाँचिहरेका छन्। हिजो मात्र नेकपा हुँदाखेरी थियो होला भनेको ठानेको त नेकपा एमालेले ठूलो जीवन पाइसकेपछि सबै हराएर गए होला भनेको त्यसो रहेनछ’, उनले भने,’ साइबर स्यालदेखि होसियार। भोलि यस्तै गलत-गलत सूचनाहरु सम्प्रेषण गरिनेछन् अनि तपाईहरुलाई अलमलमा पार्नेछन्। ‘

उनले पार्टीभित्र सिद्धान्त र विधिको लडाइँ भएकाले भ्रममा नपर्न आग्रह गरे। उनले प्रधानमन्त्री ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या आएको जिकिर गरे।

 

नेता नेपालले आफूहरुले लिएको बाटो निर्माणको भएको दाबी गरेका छन् । उनले देश विकास र पार्टी एकता नै आफ्नो बाटो भएको बताएका हुन् । ‘हामीले जुन बाटो समातेका छौँ त्यो ध्वम्स गर्न होइन निर्माण गर्न हो’, नेता नेपालले भने ।
नेता नेपालले परिवर्तन गर्नेहरु दुःख र कष्टमा नआत्तिने बताए । ‘परिवर्तन गर्नेहरु दुुःख कष्टसँग आत्तिदैनन र संकटको सामना गर्छन र अगाडि बढ्छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!