हिपमत डटकम
काठमाडौं ,१९ माघ:रजनीकान्तपछि अक्षय कुमारले बियर ग्रिल्सको नयाँ शो ‘इन टु द वाइल्ड विद बेयर ग्रिल्स’ का लागि सुटिङ गरेका छन् जुन कर्नाटकको बांदीपुर टाइगर रिजर्व एवं नेशनल पार्कमा भयो । सुटिङका केही फोटो सोसल मिडियामा चर्चाको विषय पनि बनेको छ । तस्बिरमा अक्षय ग्रिल्स, कार्यक्रमका समूह र वन अधिकारीसहित नजर आइरहेका छन् ।

रिपोर्टलाई मान्ने हो भने बेयरले अक्षयसँग पाँच लेकेशनमा सुटिङ गर्नुपर्ने थियो । तर उनी दुईवटा स्थानमा सुटिङ गरेर त्यहाँबाट निस्किए । ग्रिल्स, उनको समूह र अक्षयले करिब तीन घण्टाको समय सुटिङमा खर्च गरे ।

दीपिका र विराट पनि गर्न सक्छन् सुटिङः

रिपोर्टमा बताए अनुसार नायिका दीपिका पादुकोण र क्रिकेटर विराट कोहली पनि ग्रिल्ससँग जंगलमा सुटिङ गर्नेछन् । यी दुईसहित केही थप सेलिब्रिटी पनि उक्त सुटिङको हिस्सा बन्न सक्नेछन् । यदि यस्तो हो भने ग्रिल्ससँग सुटिङ गर्ने दीपिका पहिलो बलिउड नायिका र कोहली पहिलो भारतीय क्रिकेटर हुनेछन् । पहिलो भारतीय नायकको रुपमा रजनीकान्तले सुटिङ गरिसकेका छन् । यो सुटिङ जनवरी २८ मा बांदीपुर टाइगर रिजर्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!