हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 619  पटक पढिएको

गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् । आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । प्रदेश खेलकूद परिषदको सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक योजना निर्माण मन्त्री रामशरण बस्नेतले सदस्य सचिवका लागि परेका २ जनाको आवेदनमध्ये गुरुङलाई सदस्य सचिवमा नियुक्ति गरिएको बताए ।

पोखरा महानगरपालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका गुरुङ हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष रहेका छन् । उनी नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत हुन् । २०४० सालमा आयोजना गरिएको दोस्रो बृहत राष्ट्रिय खेलकुदमा गुरुङले गण्डकीलाई ह्याण्डबल खेलमा स्वर्ण पदक दिलाउन सफल भएका थिए । उनले अंग्रेजी र राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् ।

गुरुङ भारतको पटियालामा सम्पन्न एनआइएस प्रशिक्षणमा गोल्ड मेड लिष्ट पहिलो नेपाली समेत हुन् । उनले सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए । गुरुङको प्रशिक्षणमा हङकङमा आयोजित ह्याण्डबलमा नेपालले पदक समेत जित हारिल गर्न सफल भएको थियो । उनले सन १९८५ मा जोर्डनमा सम्पन्न एशियन च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी गर्दै खेलेका थिए । हाल गुरुङ अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष समेत हुन् ।

नवनियुक्त सदस्य सचिव गुरुङले प्रदेशको खेलकुदको विकासका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । उनले समग्र खेलकुद विकासका लागि प्रदेश सरकारलाई बुझाएको सात बुँदे कार्ययोजना अनुसार खेलकुद क्षेत्रको विकासका लागि अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!