हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 495  पटक पढिएको

भनिन्छ, ढिलो न्याय दिनु भनेको नदिनु सरह नै हो । त्यही भनाइको एक भुक्तभोगी हुन् गुल्मीको सत्यवती गाउँपालिका–३, अस्लेवा धुसेनी गाउँकी २३ वर्षीय युवती यमकला कुँवर । उनले ७ वर्षअघि अर्थात्, २०७१ मंसिर २८ गतेका दिन अस्लेवा कै बाँध गाउँका केशव कुँवरसँग १६ वर्षको उमेरमा भागी विवाह गरेकी थिइन् । विवाहको दोस्रो वर्षदेखि नै उनी पतिको हेलाको सिकार भइन् । पतिले हेला गरे पनि सासु ससुराले पनि घरमै राखेर काम लिइरहे ।

एक दिन घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भइन् उनी । त्यतिबेला श्रीमान् भारततिर हिँडेका थिए । उनले आवश्यक उपचार पाउन पनि सकिनन् । त्यसपछि उनी माईतीको शरणमा बस्दै आएकी छन् । तर माइतीको आर्थिक अवस्था पनि नाजुक छ ।

यसबीचमा यमकलालाई थाहै नदिइ उनका पति केशव कुँवरले गाउँकै एक विवाहित महिलासँग दोस्रो विवाह गरेर भारततिर लगे । त्यसपछि उनी न्यायका लागि गुल्मी कै अस्लेवा गाउँपालिका–३ को वडा कार्यालयदेखि प्रहरी प्रशासन र अदालतमा धाउन थालेको ९ महिना भयो ।

नारी दिवसकै दिन सोमबार सदरमुकाम तम्घासमा भेटिएकी उनले आफू न्यायका लागि तम्घास आएको योसमेत १३ पटक भएको बताइन् । गाउँको महिला समूहमा १० हजार ऋण काढेर आफू न्याय माग्न आएको उनको भनाइ छ । ‘अदालतमा मानो चामलको मुद्दा दिएकी छु, जितेपछि तिर्छु भन्दै ऋण काढेर आउने गर्छु,’ उनले भनिन्, ‘अहिलेसम्म १ लाख ७० हजार रुपैयाँ खर्च भयो तर अझै न्याय पाएकी छैन ।’

पतिले दोस्रो विवाह गरेको कुरा ढिलागरी थाहा पाएकी उनलाई गाउँका मान्छेले बहुविवाहको सट्टा मानो–चामल भराई पाउँ भनि मुद्दा दिन अर्ति दिए । सोही अनुरुप उनले अदालतमा मुद्दा दिइन् । उनी भन्छिन्, ‘अस्ति वकिलले तिम्रो मुद्दामा फैसला भएको छ, ३५ दिन कुर्नुपर्छ भनेका छन् । महिनाको ५ हजार श्रीमानले भर्नुपर्छ भन्ने फैसला भएको छ रे, तर मेरो १ लाख ७० हजार ऋण कहिले तिर्ने हो भन्ने चिन्ता छ ।’

उनका श्रीमानसहित परिवारजन अदालतले बोलाउँदा समेत नआएपछि प्रहरीले ताकेता ग¥यो । सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा उनी सहभागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!