पर्शुराम निरौला

सोमबार, फाल्गुण २४, २०७७ || 530  पटक पढिएको

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मोरङको लेटाङ नगरपालिकाले नगरका ९ जना श्रमीक महिलालाई सम्मान गरेको छ । दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने महिलाहरू नगद २ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताउनु भयो ।
सम्मानित हुने हरूमा वडा नं १ देखि ९ सम्मका क्रमश विष्णुमाया आचार्य , प्रेमकुमारी राई ,हस्ता शाक्य ,चन्द्रा श्रेष्ठ र होमा विक हुनुहुन्छ । यस्त्ौ सम्मानित हुनेमा जानुका लिम्बू, राधादेवी पोख्रेल,प्रमिला वयलकोटी र भूमिका दूलाल रहनु भएको छ । श्रमीक महिलालाई सम्मान गर्दै नगर प्रमुख शङ्कर राईले जनप्रतिनिधि आएपछि नगरका कार्यक्रमहरू सबै क्षेत्र ,वर्ग, लिङ्ग र समूदायमा पुगेका बताउनु भयो । नगर प्रमुख राई श्रमको सम्मान गर्दै उहाँहरूलाई अझ राम्रो उद्यम लाग्न प्रेरित गर्नुभयो । नगरपालिका परिसरमा नगर उप प्रमुख कृष्णकुमारी पोख्रेल निरौलाको सभापतित्वमा भएको कार्यक्रममा महिलाहरू गीत कविता सुनाएका थिए । कार्यक्रम नगरपालिकाको सहयोग एवं सीडीएफ नेपाल, ओरेक नेपाल, हर्डन मोरङ, लेटाङ महिला फेडेरेसन र ग्रामीण महिला विकास केन्द्रको संयोजनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!