शनिबार, माघ १८, २०७६ || 795  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १८ । कोरोनाभाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ ।३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।विमान शुक्रबार राती वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ । यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो  मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।
उता, चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!