हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 921  पटक पढिएको

काठमाडौं। प्रधानमन्त्री केपी ओली जनताका संवेदनामा खेल्ने चतुर खेलाडी हुन् । नाकाबन्दीका बेला त्यसको विरोध गरेर ओली निकै ठूलो राष्ट्रवादी नेता बने ।

त्यही ब्याजले तीन तहको निर्वाचनमा तत्कालीन एमालेलाई बहुमत दिलाए । र, प्रधानमन्त्री बने । विकासका ठूल्ठूला गफ र आश्वासन बाँडे । चिनियाँ चुच्चे रेल ल्याउँछु भने । हिन्द महासागरमा नेपालको पानीजहाज कुदाउँछु भने ।

घरघरमा ग्यासको पाइप जोड्छु भने । पूर्वपश्चिम सरर रेल कुदाउँछु भने । तर, तीन वर्षसम्म बालुवाटारको घेराबाट बाहिर नै निस्किन सकेनन् । झन्डै एक वर्षमा एकचोटि सिंहदरबार गए ।

जब पार्टीमा अल्पमतमा परे र पद जाने अवस्था आयो प्रतिनिधिसभा नै विघटन गरिदिए । प्रतिनिधिसभा भंगलाई उनले अग्रगमन भने । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि ओली अहिले जबर्जस्ती विकास आयोजनाको शिलान्यास र उदघाटन गराउन देश दौडाहमा लागेका छन् ।

आफ्नो शासनकालमा धेरै विकास भएको गफ दिन छाडेका छैनन् । बालुवाटारमा तीन सय बढी सुरक्षाकर्मीको घेरामा बस्ने ओलीले सोमबार पोखरामा आफ्नो पार्टीको भेलामा भनिदिए– ‘मलाई ज्यानको खतरा छ । ममाथि शारीरिक हमला भयो भने अनौठो नमान्नु होला ।’ ओलीको यो अभिव्यक्ति अहिले निकै विवादमा परेको छ । राजनीतिक दल र तिनका नेताले ओलीको यो पब्लिक सेन्टिमेन्ट क्यास गर्ने हथकण्डा ठानेका छन् ।

तर सुरक्षा अंग र सुरक्षाविद्हरूले भने प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति आपत्ति नै जनाएका छन् । अरु देशमा कठिन समयमा पनि सरकार प्रमुख सुरक्षाको भरोसा दिलाउँछन्, नेपालमा प्रधानमन्त्री भन्छन्, ‘मलाई ज्यानको खतरा छ ।’

दस वर्षे सशस्त्र युद्धबाहेक नेपालमा ठूला आक्रमण भएका छैनन् । मुलुकको परिस्थिति निकै सामान्य छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले सुरक्षा अंगलाई थला नै पर्ने गरी अभिव्यक्ति नदिएको भए हुन्थ्यो भन्ने आमजनताको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षलाई खुइल्याउन आफूमाथि शारीरिक हमला हुन सक्ने दाबी गरेको हुन सक्ने बताइन्छ । नेकपामा रहेको ठूलो माओवादी हिस्सा उनीसँग असन्तुष्ट भएर निस्केको छ ।

त्यसैले प्रचण्डलगायतका नेतालाई राजनीतिक रूपमा बदनाम गर्न ओलीले सुनियोजित तवरले सुरक्षाको थ्रेट रहेको बताएका हुन् । पूर्वडीआइजी हेमन्त मल्ल, रमेश खरेल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आफू असुरक्षित रहेको अभिब्यक्ति दिंदा त्यसको सन्देश राम्रो नजाने बताउँछन् ।

सस्तो लोकप्रियताका लागि सुरक्षाजस्तो गम्भीर बिषयमा हल्का टिप्पणी गरी प्रधानमन्त्रीले जनताको सहानुभूति लिन खोजेको सबैले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!