हिपमत डटकम
गोरखा , माघ १७ गते ।गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए ।यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ लागिन् । बाटोमा गाडीहरु छिट्टफुट्ट चलिरहेको थियो ।छेपेटार जाने बाटोमा गोरखकाली क्रसर छ । क्रसरमा लोड÷अनलोड गरिएको टिपर पनि ओहोरदोहोर गरिरहेको थियो । तर, शुक्रबार पौने ७ बजेतिर क्रसरको छेउबाट हिँडिरहेकी मनमायालाई टिपरले ठक्कर दियो ।ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा कोइन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।ग१ख ८०२७ नम्बरको टिपरले मनमायालाई किचेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुवेद खतिवडाले जानकारी दिए । बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने डीएसपी खतिवडाको भनाइ छ ।डीएसपी खतिवडाको अनुसार मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् । यस्तै ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् ।टिपर चालक प्रहरीको नियन्त्रणमा र भीड नियन्त्रणको प्रयास भइरहेको डीएसपी खतिवडाले बताए । यतिबेला घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!