बेलबारी निबासी चर्चित कलाकारको गुमनाम मृत्यु

ठुलाबडा र नेताहरु नआएको भन्दै कलाकार र स्थानीयद्धारा रोष प्रकट

हिपमत डटकम

बुधबार, माघ २८, २०७७ || 1121  पटक पढिएको

बेलबारी । बेलबारीका सबैभन्दा पुराना र अग्रज कलाकारका रुपमा रहेका कृष्ण थापा (पशुपति) को मंगलबार असामयिक निधन भयो । बुधबार नै लोहन्द्रा घाटमा उनको अन्तिम संस्कार पनि भयो तर उनको अन्तिम संस्कारमा उनका परिवारका केही सदस्य र स्थानीय केही ब्यत्ति बाहेक कोही पनि उपस्थित भएनन् ।

अन्तिम संस्कारमा उपस्थित बेलबारीका कलाकार भीम लामाले सामाजिक सञ्जाल फेसबुकमा गुनासो गर्दै लेखेका छन (पार्टीका कार्यकर्ता वा राजनीतिक ब्यत्ति भएको भए सबै अनुहार देखाउन आउथे होला तर उनको अन्तिम संस्कारमा कोही आएनन । )

बेलबारीका युवा ब्यबसायी बिशाल थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ( पार्टीको कार्यकर्ता हुँदा मात्र मलामी धेरै हुँदा रहेछन । अन्तिममा आखिर गुण्डा र फटाहा नै काम लाग्दो रहेछ ) बिशेषगरी बेलबारीमा नाटककर्मको शुरुवात गराउने गुरुका रुपमा समेत रहेका थापाको निधनले अपुरणिय क्षति पुगेको बेलबारीका संगितकार तथा साहित्यकार जेबि थुलुंगले प्रतिक्रिया दिए । बहुचर्चित नेपाली चलचित्र बलिदानमा प्रहरीको भुमिका समेत निर्बाह गरेका थापाले दर्जनौ नाटक र लघुचलचित्रमा समेत अभिनय गरेका छन । उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएका १ छोरा र १ छोरीका पिता रहेका थापाको मंगलबार स्थानीय लोहन्द्रा घाटमा अन्तिम संस्कार समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!