सोसल मिडिया आफूले आफैंलाई अभिव्यक्त गर्ने सबैभन्दा शानदार माध्यमको रुपमा आफ्नो स्थान बनाउन सफल भएको छ तर यो माध्यमको विषयमा धेरैजसो निकै नजिकका मानिसहरुबीच बहस देख्ने पनि गरिन्छ । यस्तै केही ब्राजिलमा पनि भएको छ जब एक व्यक्तिले आफ्नी श्रीमतीलाई १४ पटक गोली हाने । यसको कारण फेरेराले सोसल मिडियामा बोल्ड तस्बिर र भिडियो सेयर गर्नु थियो ।

३५ वर्षकी एलेन फेरेरा सियोलिन सोसल मिडियामा निकै सक्रिय छिन् र उनी सोसल मिडिया इन्फ्लूएन्सर पनि हुन् । उनले आफ्ना तस्बिर र भिडियो धेरैजसो टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा सेयर गर्दथिन् । यद्यपि, उनका श्रीमान् एलेजान्द्रो एन्टोनियो एग्युलेरालाई फेरेराको यो बानी फिटिक्कै मन पर्दैनथ्यो ।

रिपोर्टका अनुसार एन्टोनियोको फेरेरासँग एउटा टिकटक भिडियोको विषयमा ठूलै बहस भएको थियो । त्यसपछि एन्टोनियोले रिसमा आएर फेरेरालाई १४ वटा गोली हाने । एन्टोनियोले त्यसपछि टाउकोमा गोली हानेर आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ । यो त्रासदी घटनाका बेला यो जोडीका ६ वर्षकी छोरी पनि थिइन् ।

यो जोडीको शव ब्राजिलको पोन्ता पोरा म्युनिसिपेलिटी नजिकै भेटिएको हो । फेरेराको शरीरमा कम्तीमा १४ वटा गोलीको घाउ भेटिएको छ भने उनको दायाँ हात पनि भाँच्चिएको थियो र फेरेराका ४१ वर्षका श्रीमान्को टाउकोमा एउटा गोली भेटिएको थियो । उनीहरुको छोरीको हेरविचार अब आफन्तले गरिरहेका छन् ।

प्रहरीले यसबारे कुरा गर्दै भनेका छन्, ‘यो जोडीका नजिकका साथीहरुले उनीहरु सधैं झगडा गरिरहने र सार्वजनिक रुपमा पनि दुईबीचको तनाव स्पष्ट रुपमा देख्ने गरेको बताएका छन् ।’

स्मरण रहोस्, फेरेराको टिकटकमा ५८ हजारभन्दा बढी फलोअर्स थिए । उनी धेरैजसो बोल्ड पहिरनमा आफ्ना तस्बिर र भिडियो सेयर गर्ने गर्थिन् । प्रहरी हाल घटनाको अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!