हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 573  पटक पढिएको

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वा एसी मिलानका स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिभोमिकको बचाउमा अघि सरेका छन् । यसअघि इन्टर मिलानका रोमेलु लुकाकु र इब्राहिभोमिकबीच मैदानमै झगडा भएको थियो ।
लुकाकुविरुद्ध इब्राहिभोमिकले अपशब्द प्रयोग गरेका थिए । उनले लुकाकुलाई ‘गधा’ भनेका थिए । त्यसक्रममा उनले ‘भोडो’ शब्दको पनि प्रयोग गरेका थिए । जवाफमा लुकाकुले पनि ज्लाटनलाई ‘कुकुर्नी’ भनेका थिए ।

फुटबल इटालियाका अनुसार ‘भोडो’ शब्दको प्रयोग विगतमा एभर्टनका मालिक फर्हाद मोस्हिरीले पनि गरेका थिए । त्यसको छोटो समयमै एर्भटनसँगको नयाँ सम्झौतालाई लुकाकुले अस्विकार गरेका थिए । यद्यपी, २०१८ मा लुकाकुका प्रतिनिधिले यस शब्दसँग नयाँ सम्झौता नहुनुको कुनै सरोकार नरहेको बताएका थिए ।

अस्वेत भएकाले लकाकुलाई होच्याउनकै लागि इब्राहिभोमिकले यो शब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले इब्राहिभोमिकको विरोध गरेका छन् । ‘भोडो’ क्यारेबियन क्षेत्रका केही भूभाग तथा दक्षिणी अमेरिकामा अभ्यासमा आएको धर्म हो । यसमा रोमन क्याथोलिक परम्परा र परम्परागत अफ्रिकी जादुयी तथा धार्मिक चलनहरुको मिश्रण छ । सामाजिक सञ्जालमा विरोध भएपछि ज्लाटानले आफ्ना लागि सबै बराबर भएको प्रतिक्रिया दिएका छन् । ‘ज्लाटानको विश्वमा रंगभेदका लागि कुनै ठाउँ छैन । हामी सबै एउटै जातका हौं, हामी सबै समान छौं, हामी खेलाडी हौं । अरुभन्दा केही राम्रो छौं,’ उनले पोस्ट गरेका छन् ।

पोग्बाले यसको समर्थन गर्दै लेखेका छन्, ‘ज्लाटान…. रंगभेदी ? उनी मलाई धेरै माया गर्छन्, त्यसो भए के उनी मैले सोचका अन्तिम रंगभेदी व्यक्ति हुनसक्छन् र १ भयो यसबारे जोक नगरौं १
मंगलबारको खेलपछि लुकाकुसँगको झगडा र आफु मैदानबाट बाहिरिनुपर्दाको घटनाबारे इब्राहिभोमिकले डे«सिङ रुममा माफी मागेको एसी मिलानका प्रमुख प्रशिक्षक स्टेफानो पियोलीले बताएका छन् ।

यस खेलमा इब्राहिभोकिले नै एसी मिलानलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, विवादपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाए । त्यसपछि फेरि उनले अलेक्स्यान्द्रर कोलारोभलाई मैदानको मध्यभागमा फल गरे । जसकारण, रेफ्रीले लगातार दोस्रो पहेंलो अर्थात् रातो कार्ड देखाए । १० खेलाडीमा सिमित एसी मिलानविरुद्ध इन्टरबाट लुकाकुले बराबरी गोल फर्काए भने क्रिस्ट्रियन इरिक्सनले स्टपेज टाइममा निर्णायक गोल गरे । २–१ को जितसँगै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । युभेन्टस् वा एसपिएएलमध्ये एकसँग इन्टरले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!