हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 649  पटक पढिएको

जुम्लाको तिला गाउँपालिका–७ को गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् । मंगलबार बेलुकी साढे ५ बजे बस्तीमा आगो लाग्दा घरसहित १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएन ।

मंगलबार बेलुका करिब साढे ५ बजे आगलागी सुरु भएको थियो । चुलोको पाईपबाट आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । स्थानीय परव रोकायको घरमा खाना पकाउने क्रममा हिमाली चुलोको पाइपबाट निस्किएको आगोको झिल्का छानामा पुगेर आगलागी सुरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ३२ घरधुरीका २५८ जना प्रभावित भएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको आपतकालीन बैठकले राहतका सामग्री लिएर घटनास्थलमा जाने निर्णय गरेको छ । प्रतिपरिवार ५ जना सदस्य भएको घरमा १५ हजार र ५ जनाभन्दा बढी परिवार भएका घरमा २० हजारका दरले नगद राहतसहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

आगलागी भएको २४ घण्टासम्म पनि प्रदेश सरकारका प्रतिनिधि आगलागी भएको स्थानमा पुग्न नसकेको भन्दै पीडित परिवार आक्रोसित भएका छन् । आगलागी पीडित परिवारलाई तत्काल आपतकालीन व्यवस्थापनको लागि त्रिपाल, भाँडा, कम्बल, लत्ताकपडा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, चामल, दाल, तेल र नुन लगायत खाद्यान्न किडार्क नेपालले विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराउने भएको छ ।

आगलागी पीडितहरुको प्राथामिक उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले तत्काल प्राथामिक उपचारको व्यवस्था मिलाउने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा गृह मन्त्रालयको आदेशमा कर्णाली प्रदेश सरकार सुर्खेत हुँदै जुम्ला विमानस्थलबाट राहत सामग्री लिएर प्रभावित बस्तीमा पु¥याईने जनाइएको छ ।

प्रदेश प्रमुखद्वारा दुःख व्यक्त
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आगलागीको उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘घटनास्थलमा पीडितको राहत एवं पुनर्स्थापनाको लागि आवश्यक व्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तथा गैरसरकारी निकायलाई ध्यानाकर्षण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!