खबर ठुलो छ

मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस समारोह चलिरहँदा महिनौदेखि प्रदर्शनमा उत्रिएका किसानहरुले ट्रयाक्टरसहित प्रदर्शन गरे । ट्रयाक्टर प्रदर्शनमा उत्रिएका किसानहरुलाई प्रहरीले रोक्न खोज्यो । सोही क्रममा किसानहरुले प्रहरी दमनका विरुद्धमा प्रतिरोध गरे र प्रहरीको घेरा (फलामे बार) तोडेर दिल्लीस्थित लालकिल्लामा प्रवेश गरे । सिंहु सीमाबाट आएका किसानहरुले प्रहरीको घेरो तोडेर लालकिल्ला प्रवेश गरेको भिडियो अहिले सामाजिक सञ्जाल र भारतीय मिडियाहरुमा भाइरल भैरहेको छ ।

हिंसात्मक भीडले तैनाथ गरिएका प्रहरीमाथि लाठी प्रहार गरेका थिए । दर्जनौ प्रहरी घेराबारबाट तल खसेको देखिन्थो । धेरै प्रहरी र सेनाका जवानहरु समेत आफ्नो ज्यान बचाउन नजिकैको खाडलमा पसेका थिए । घटनामा कम्तिमा ४१ ज्ना प्रहरी घाइते भएका छन् । अपरान्ह २ बजे किसानहरु लालकिल्लाको मेन गेटमा घुसेका थिए ।

तोडफोड गर्दै लालकिल्ला छिरेका किसानहरुले आफ्ना झण्डाहरु गाडेका थिए । उक्त स्थानमा (लालकिल्ला) प्रत्येक वर्ष १५ अगष्टका भारतीय प्रधानमन्त्रीले झण्डा फहराउने गर्छन् । ९० मिनेटसम्म चलेको झडपपछि प्रहरीले किसानहरुमाथि लाठी चार्ज गरेर बाहिर निकालेको थियो ।

बुधबार, माघ १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया