हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 643  पटक पढिएको

नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले चुनाव हुन्छ र जित्छु भनेर विश्वासमा नपर्न कांग्रेसलाई आग्रह गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापनाका लागी हातेमालो गर्न र दुई वर्ष पछि निर्वाचन गरेर जनमतको सम्मान गर्न अनुरोध गरे ।

यसअघिका आन्दोलनमा पनि सँगै लडेको स्मरण गर्दै उनले भने, ‘नेकपा विभाजित भयो, हामी जित्छौं भन्ने लाग्छ भने बुझ्नु होला, तपाईं कहाँ चुनाव हुन्छ र जित्नु हुन्छ ।’ उनले प्रतिगमन फर्काएपछि दुई वर्षपछि हुने चुनावको हारजित सहन आग्रह गरे । भने, ‘प्रतिगमन फर्काऔं, दुईवर्षपछि चुनाव गरौंला जसले भएपनि जितौंला, अहिले सँगसँगै अगाडी बढौं ।’ उनले फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने पनि दाबी गरे ।

आफू सरकारमा बसुञ्जेल प्रधानमन्त्रीको कहिल्यै विरोध नगरेको भट्टराईले बताए । ‘२०७६ साउन १५ गते मन्त्री नियुक्त भएँ । पुस ५ गतेसम्म सरकारमा बसें । त्यो दिनसम्म मैले प्रधानमन्त्रीको विरोध गरिनँ । असहयोग गरिनँ । सरकारमा बसुञ्जेल मैले प्रधानमन्त्रीको पक्षमा बोले । त्यो पार्टीको नियम थियो,’ भट्टराईले थपे, ‘पुस ५ गते नेपाली जनतालाई धोका दिनुभयो । त्यसपछि सँगै बस्न सकिएन । मन्त्रिपरिषद्को बैठकमा यस्तो कदम नचालौं भन्दा ओलीले नमानेपछि सरकारबाट बाहिरियौं ।’

मन्त्री छोड्नुअघि पाथीभरा मातालाई सोध्दा गलत कदमको पछि नलाग् भनेपछि आफूले मन्त्री छोडेको भट्टराईले बताए । आफूलाई निर्वाचनमा ओलीले जिल्लामा आएर सहयोग पुर्‍याएपनि ताप्लेजुङमा त्यसअघि देखि नै एमालेले जित्‍दै आएको जिल्ला भएकाले ओलीले मात्रै जिताए भन्नुको अर्थ नहुने भट्टराईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!