खबर ठुलो छ

पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए ।

विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद भयो । विवादपछि उनीहरुले सानोकाजीको हत्या गरेको अदालतको ठहर छ ।

५५ वर्षीया पूर्णलक्ष्मीलाई ०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै ३ महिना २७ दिन कैद हुने फैसला गरेको थियो ।

काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमती लिएर कारागार चलान गरिने एसपी बस्नेतले बताए ।

हत्यापछि भागेर मकवानपुरगढी मा घरजम गरेर बसेका विशाल तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाललाई अदालतले १८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।

मंगलबार, माघ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया