अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाडेपछि पहिलोपटक सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले कुनै न कुनै रुपमा आफ्नो पुुनरागमन हुने बताएका छन् । तर, कसरी पुनरागमन हुन्छ भन्नेबारे उनले केही बताएनन् ।
‘हामी केही गर्नेछौं, तर अहिल्यै होइन,’ ट्रम्पले वासिङटन एक्जामिनरका पत्रकार रोब क्राइल्लीसँग भने ।

बुधबार आफ्नो चार वर्षे कार्यकाल सकेर ट्रम्प ह्वाइट हाउसबाट बिदा भएका थिए । त्यसयता, वेस्ट प्लाम बिचस्थित ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा बसेर उनले पत्रकार क्राइल्लीलाई यस्तो प्रतिक्रिया दिएका हुन् । उनले क्राइल्लीसँगको कुराकानीमा यतिमात्रै धारणा राखेका थिए ।

राष्ट्रपति पद छाडेयता ट्रम्प मौन रहँदै आएका छन् । उनले जो बाइडेन प्रशासनबारे कुनै टिप्पणी गरेका छैनन् । ६ जनवरीमा संसद् भवनमा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि ट्वीटरले पनि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । जबकी, ट्रम्पले सञ्चारका लागि धेरैजसो अवसरमा ट्वीटर नै प्रयोग गर्थे । ट्रम्पले २०२४ को निर्वाचनमा पनि राष्ट्रपतिका लागि उम्मेदवारी दिने कतिपयको आँकलन छ । कतिपय व्यक्तिहरुका अनुसार २०२४ को निर्वाचन तयारी ट्रम्पले निकट भविष्यमै सुरु गर्नेछन् ।

महाभियोग बन्न सक्छ बाधक
अमेरिकाको तल्लो सदनबाट ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भइसकेको छ र ट्रम्पले राष्ट्रपतिको कार्यकाल सकिइसकेको भएपनि यो प्रस्ताव प्रक्रियाअनुुरुप नै माथिल्लो सदन (सिनेट) मा जाँदैछ ।
यस प्रस्ताव माथिल्लो सदनबाट पारित हुनका लागि डेमोक्रेटिक पार्टीले मात्रै समर्थन गरेर पुुग्दैन ट्रम्पको रिपब्लिकन पार्टीका १७ सदस्य पनि उनीविरुद्ध उभिनुुपर्छ । यदी, माथिल्लो सदनबाट पनि प्रस्ताव पारित भयो भने ट्रम्पले कहिल्यै राष्ट्रपतिको चुनाव लड्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!