मंगलबार, माघ १४, २०७६ || 928  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, १४ माघ:मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका(४ गछियमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी(४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका(३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका(५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि पाथिभरा अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!