गणेश कुमार ठाकुर

बिहिबार, माघ ०८, २०७७ || 679  पटक पढिएको

सिरहा । नेपाल लाईफ ईन्स्योरेन्स तुलसीपुर शाखाले मृत्यु दावी वाफतको रकम भुक्तानी गरेको छ । बुधबार कम्पनीले एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ईन्द्र बहादुर वलीको कोरोना कारण मृत्यु भएकाले दावी वाफतको २८ लाख २५ हजार रुपैँया हस्तान्तरण गरेको हो ।

मृतककी श्रीमती गोमा वलीलाई शाखा प्रमुख यज्ञ प्रसाद पोखरेलले चेक हस्तान्तरण गरेका हुन । वलीको गएको कात्तिक १६ गते भेरी अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकले दुई बर्ष पहिले नेपाल लाईफ ईन्स्योरेन्समा २५ लाख लाखको बीमा बनाएका थिए । उनको मृत्यु पछि श्रीमतीलाई २५ लाख बिमा वाफत र तीन लाख २५ हजार बोनस सहित २८ लाख २५ हजार रकम हस्तान्तरण गरिएको हो । मृतक वलीले ईन्स्योरेन्समा दुई किस्तामा चार लाख ४५ हजार ८ सय ६ रुपैयाँ बुझाएका थिए ।

त्यस अवसरमा पेशागत बीमा अभिकर्ता संघ नेपाल, नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा समिति तुलसीपुरका अध्यक्ष राम बहादुर वलीले अहिलेको परिवेशमा वीमा अपरिहार्य भएको बताए । वीमा बचत मात्रै नभई सुख, दुःखको सारथी भएको समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!