लगातार उकालो लागेको शेयर कारोबार सताको तेस्रोदिन मंगलवार ५.५७ अंकले ओरालो लागेको छ । सोमवार १७.३१ अंकले बढेको बजार मंगलावर ५.५७ अंकले तल झरेर २३२६.९० मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले तल झरेर ४४२.८२ मा बन्द भएको छ ।

मंगलवारको कारोबारमा नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकममा बृद्धि भएको छ । २०६ कम्पनीको सहभागिता भएको यस बजारमा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ को कारोबार भएको छ । यो कारोबार रकम सोमवारको कारोबार रकम भन्दा १ अर्ब १५ करोड भन्दा बढीको रहेको छ । मंगलवारको कारोबारमा १ करोड ६३ लाख ०५ हजार १४१ को शेयर ट्रेड भएको छ ।

यस दिन ट्रेडिङ्ग, फाइनेन्स र लाइफ इन्सोरेन्समा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ । मंगलवारको कारोबारमा ५ कम्पनीको बृद्धि दर ९ प्रशित भन्दा बढी र ३ कम्पनीको कारोबार १० प्रतिशतले बृद्धि भएको छ । यस दिन सर्वाधिक कारोबार एन एल आइ सी ९१ करोड ९७ लाख ०६ हजार ८०१, प्रभु बैंक लि. ३५ करोड ६१ लाख ९२ हजार ६२८, एन आर आइ सी ३० करोड ६२ लाख ०१ हजार ९३४, एन टि सी २९ करोड ०९ लाख १४ हजार ९८९ र एच आइ डी सी एल २३ करोड ६८ लाख ५८ हजार ६४७ भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!