हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 837  पटक पढिएको

शेयर सप्ताहको पहिलोदिन आइतवर नेप्से कारोबार २८.४६ अंक उकालो लागेको छ । अघिल्लो सप्ताह समेत उकालोमा रहेको बजार यस सप्ताहको पहिलो दिन १.२४ प्रतिशतले बृद्धि भई २३१५.०० मा बन्द भएको छ । २२९९.३४ को बिन्दुमा शुरु भएको बजार उकालो ओरालो गर्दै २३१५.०० मा बन्द भएको छ । यस कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत  ८.१७ अंक बढेर ४४३.४२ मा बन्द भएको छ ।

२०८ कम्पनीको सहभागिता भएको बजारमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ को कारोबार भएको छ । यस बजारमा १ करोड ५० लाख ३५ हजार २२१ को शेयर खरिद विक्री भएको छ । आजको कारोबारमा एक मात्र हाइड्रो पावर क्षेत्रमा रातो देखिए छ भने अन्य सबै क्षेत्र हरियो देखिएको छ । यस कारोबारमा प्रमुख १० कम्पनी मध्ये ९ कम्पनीको कारोबार ९ प्रतिशत भन्दा बढी भएको छ र एक मात्र एस टि सी को कारोबार १० प्रतिशतले बृद्धि भएको छ ।

आइतवारको कारोबारमा सर्वाधिक एन टि सी ५८ करोड १० लाख १२ हजार ०६६, एन आइ सी ए २२ करोड ९० लाख २४ हजार ८७९, सी बि एल २० करोड ९० लाख ९७ हजार ६९६, एन आर आइ सी १८ करोड ६९ लाख ९७ हजार ८६८, एन आइ एल १७ करोड १० लाख ०५ हजार ३७३ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!