हिपमत डटकम

बिहिबार, पौष १०, २०८२ || 266  पटक पढिएको

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वहरूले विविध सांस्कृतिक पहिचान तथा धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाइने गरिएको उल्लेख गरेका छन्। नेपालमा पनि यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी पर्व मनाउने परम्परा रहेको उनले बताएका छन्।

प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक सन्देश बोकेको यस पर्वले मानवता, समानता र सेवाभावलाई मजबुत बनाउँदै सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्। साथै इतिहास र संस्कृति संरक्षण गर्दै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवर्द्धन गर्न क्रिसमस डेले प्रेरणा दिने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले यस्ता पर्वहरूको माध्यमबाट विविधताबीचको राष्ट्रिय एकता थप सुदृढ भई समाजमा आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन्। इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूमा आपसी सद्भाव र एकताको भावना फैलाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!