हिपमत डटकम

बिहिबार, पौष १०, २०८२ || 221  पटक पढिएको

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने भएको छ। २८ बुँदे मुख्य माग तथा विभिन्न राष्ट्रिय मुद्दा उठाउँदै संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आगामी शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा सुरु गर्न लागेको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्जपुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिनेछ।

यसअघि पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुका साथै प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिसकेको बस्नेतले जानकारी दिए।

संघर्षका कार्यक्रमअन्तर्गत जसपा नेपालले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारहरूमा विरोध कार्यक्रम र कोण सभा आयोजना गरेको थियो। साथै पार्टीका माग तथा मुद्दा समेटिएका प्लेकार्ड र ब्यानरसहित जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा/जनसभा पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!