सोमबार, माघ १३, २०७६ || 1778  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, १३ माघ:मोरङको पथरी शनिश्चरे ७ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ ।नगरपालिका कार्यालयको संयोजनमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजित तालिमको आज नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभयो । उहाँले महिलाहरु उद्यमी भएर अघि बढ्न आव्हान गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताउनु भयो । वडाध्यक्ष कपिलमणि ढकालले पनि वडामा उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताउनु भयो ।८ दिने तालिममा ४, ६, ७ सहितका वडाका ५० जनाको सहभागिता रहेको छ । सुलोचना तामाङ र अरुणा राईले तालिमको सहजिकरण गर्नुभएको छ ।

यसैबीच, देशमै उत्कृष्ठ नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बाँसबाट निर्माण गरिने हस्तकलाका सामग्री र वायरिङ सम्वन्धी तालिमको आज उद्घाटन् गर्दै नगर उपप्रमुख वास्तोलाले नगरमा उद्यमशीलताको विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।समूहले गरिवी निवारण कार्यक्रम अन्तर्गत विपन्न वर्गको जिविकोपार्जनका लागि आफ्ना सदस्यका लागि २ महिने तालिमको आयोजना गरेको अध्यक्ष काबुलबहादुर मगर विकासले जनाउनु भयो । हस्तकलाका लागि पूर्णकुमार राई र मन्दिप विश्वकर्मा तथा वायरिङका लागि नारायण अधिकारीले सहजिकरण गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!