शनिबार, माघ ११, २०७६ || 1627  पटक पढिएको

हिपमत डटकम
मुम्बई, माघ ११ : भारतीय टेलिभिजन कलाकार एवम् मोडल सेजल शर्माले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । मुम्बई प्रहरीका अनुसार शर्माको घरबाट सुसाइड नोट फेला परेको छ । सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा अन्तिम पटक अभिनय गरेकी थिइन् । प्रहरीका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ । यो घटना शुक्रबार बिहानको हो । सेजल डिप्रेशनमा रहेको बताइएको छ । शर्मा मुम्बईको मीरा रोडको शिवार गार्डन परिसरस्थित रोयल नेस्ट सोसाइटीमा साथीहरूसँग बस्ने गरेकी थिइन् ।‘दिल तो हैप्पी है जी’ सेजल शर्माको पहिलो टेलिश्रृंखला थियो । उनी यसप्रति निकै उत्साहित रहेको उनका सहकर्मीहरूले बताएका छन् । यसभन्दा पहिले सेजल शर्माले विभिन्न ब्राण्डको विज्ञापनमा काम गरेकी थिइन् । उनी आमिर खान तथा रोहित शर्मा र हार्दिक पाण्ड्यासँग पनि विज्ञापनमा साथ देखिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!