शनिबार, माघ ११, २०७६ || 901  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ -११: अन्नपूर्ण पोस्टका अनुसार सकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ । पशुसेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खासीबोका भित्रिएको छैन । काठमाडौंलगायतमा सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ । यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए । काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन् । ‘ दसैदेखि वैधानिक रुपमा एउटा पनि खसीबोका काठमाडौं आइपुगेको छैन । चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्,‘ यसमा सरकार जिम्मेवार हुनुपर्छ । भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन् ।’विभागले २०७५ फागुन २६ गतेदेखि क्यारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो । खसीबोका नेपाल भित्र्याउने सम्बनिन्धत देशले नै स्वास्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । क्यारेन्टाइनमा गुणस्तर प्रमाणपत्रसमेत प्राप्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!