मोरङ धनपालथान गाउँपालिका वडा नम्बर १ स्थित गडरिया चोक बाट नेपाल प्रहरी ठुलो परिमारणमा गाई, गाेरु बरामद गरेको छ । नेपालबाट भन्सार छलि भारत तर्फ अबैध रुपमा गाई गोरु प्रहरीले पक्राउ गर्ने सफल भएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई गाेरु बरामद गरेको छ ।
प्रहरीले २९ बटा गाई , १ बाछी र १५ थान गोरु र २ बटा बाछा वटा गरी जम्मा ४७ वटा बरामद गरिएको र साे गाई , गोरु भेटनरी क्वारेटाइनको सिफारिस नभएको प्रहरीले जनाएको छ । साे काे अन्दाजी ५ लाख २१ हजार रुपैयाँ बराबरको रहेको बुझिएकाे छ। नियन्त्रणमा लिई काेे गाई , गाेरु बिराटनगर भन्सार कार्यालय रानी मा बुझाउईएकाे रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।