हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 582  पटक पढिएको

मलाइका अरोरा र अर्जुन कपुर बलिउडका सबैभन्दा चर्चित जोडी मध्ये एक हुन् । मलाइका र अर्जुन धेरै जसोसँगै देखिन्छन् । हाल पनि धर्मशाला (हिमाचल प्रदेश) मा उत्कृष्ट समय बिताइरहेका छन् । जहाँ अर्जुन कपुर आउने फिल्म ‘भुत पुलिस’को शुर्टिङको लागि पुगेका थिए । उनीसँगै मलाइका पनि गएकी थिइन् ।

भर्खरै मात्र मलाइकाले अर्जुन कपुरसँगै भएको एक तस्वीर सेयर गरेकी छिन् । यस तस्वीरमा अर्जुनको हातमा टासिएकी छिन् । अर्जुनले कालो ट्राउजर र लाइट ग्रे कलरको तातो टिशर्ट लगाएका छन् । मलाइकाले आलिव कलरको कपडा लगाएकी छिन् । दुवैको जोडी निकै मायालु देखिएको छ ।

यो तस्वीर सेयर गर्दै मलाइकाले एक मायालु नोट पनि लेखेकी छिन्, ‘जब तिम्रो आसपासमा रहन्छु तब कुनै पल फिका लाग्दैन ।’ उनको तस्वीरलाई खुलेर फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् । फोटोमा अर्जुनले पनि आफ्नो प्रतिक्रिया दिदै लेखेका छन्, ‘मलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!