हिपमत डटकम
विराटनगर,८ माघ :उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएको छ ।

आज भएको क्रिकेटमा कोशी क्याम्पस र कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोवास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सया ८३ रनको विशाल योगफल तयार पोरेको थियो । कोशीकालागि अमित मण्डलले ४१ रन बनाउँदा कालीचरण यादव र अमित यादवले २३–२३ रनको योगदान गरे । कोवासका रितिक महतोले ३ विकेट र अनिल ढकालले २ विकेट लिए ।

१ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको कोवासले १८ दशमलव १ बलमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । कोवासका आनन्द साहले १० रन जोडे । कोशीका म्यान अफ द म्याच सवास यादवले ३ विकेट तथा सोनस मण्डल र श्रवण किस्कुले २–२ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्या भुमि कलेजलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सया ८१ रनको विशाल योगफल तयार पोरेको थियो । एभरेष्टकालागि म्यान अफ द म्याच आकाश खत्रीले ८० रन बनाउँदा दिनेश पोखरेलले २२ रनको योगदान गरे । विद्या भुमिका राकेश राजवंशीले ३ विकेट र सरिफ नवाफले २ विकेट लिए ।

१ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको विद्या भुमिले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १८ बनाउन सक्यो । जस्मा रोशन भण्डारीले १८ रन बनाउँदा विल मगरले २६ रन जोडे । एभरेष्टका आकाश खत्री र विकेन थापाले समान २–२ विकेट लिए ।

फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।

दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् भने पराजित सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!