बुधबार, माघ ०८, २०७६ || 1207  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-८:पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ । मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नगराउने र वर्षा भइहालेमा फाट्टफुट्ट हुने अनुमान महाशाखाकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशका अधिकांश भूभागमा सामान्य बदली रह्यो । पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बुधबार मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । बिहीबार भने तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । राति भने देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!