नेपालमा एकपछि अर्को उच्चस्तरीय भ्रमण हुन थालेको छ । कोरोनाका कारण केही समय विभिन्न उच्चस्तरीय भ्रमण प्रभावित भएकामा अहिले फेरि सुरु भएको हो ।हालै भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरी फर्केका छन् । यसैबीच भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङला नोभेम्बर २६ का दिन नेपाल आउँदैछन् भने त्यस लगत्तै अर्थात नोभेम्बर २९ (मंसिर १४) गते चीनका रक्षामन्त्री वाङ यी आउन लागेका छन् ।

भारतीय सेनाप्रमुख नरवणे कात्तिक २१ गते (नोभेम्बर ६) का दिन स्वदेश फर्केका थिए । नरवणे स्वदेश फर्केको २३ दिनपछि चिनियाँ रक्षामन्त्री वाङ आउन लागेका हुन् । भारतीय सेनाप्रमुख नरवणेपछि चिनियाँ रक्षामन्त्री वाङ आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी एक दिनका लागि मात्र नेपाल आउन लागेका हुन् ।

स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झालनाथ खनाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई एकसाथ भेट्ने छन् भने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेससँग भेट्ने नभेट्ने अहिलेसम्म तय नभएको स्रोतले दावी गरेको छ । रक्षामन्त्री वाङले रक्षामन्त्री वाङले नेताहरुलाई भेट्ने विषयमा जानकारी गराउन आज नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । त्यसअघि मंसिर ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनले भेटकी थिइन् । उनले त्यस भेटघाटमा रक्षामन्त्री वाङको भ्रमण बारेमा जानकारी गराएकी स्रोतले दावी गरेका छन् ।

नेकपामा देखिएको विवादको बीचमा रक्षामन्त्री वाङको यो भ्रमणलाई सो पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ ।
चिनियाँ रक्षामन्त्री वाङ सबैलाई भेटघाट गरी सोही दिन बंगलादेश र त्यहाँबाट पाकिस्तान जाने कार्यक्रम रहेको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वाङको यो भ्रमणलाई सुरक्षा रणनीतिको रुपमा लिएको छ ।
सीमा विवादलाई लिएर भारत र चीनको बीचको सम्बन्ध चिसिएको छ । र सोही रणनीति अन्तर्गत जुन जुन देशसँग भारतको सम्बन्ध विग्रिएको छ त्यो देशको भ्रमण गर्न लागेका हुन् ।

पछिल्लो समय नेपालको विषयवस्तुमा चीनले निकै चासो लिएको छ । चीनले नेपालका हरेक क्षेत्रमा आफ्नो सम्बन्ध स्थापित गरेको छ । पछिल्लो समय कोरोनाका कारण दुई देशबीच उच्चस्तरीय भ्रमणहरु स्थगित भएपनि भर्चुअलमार्फत संवादलाई निरन्तरता दिएको छ । सरकारका विभिन्न तह तथा विभिन्न राजनीतिक दलसँग बेलाबेलामा भर्चुअल संवाद गर्दै आएको चीनले अहिले रक्षामन्त्री वाङलाई नै पठाएको छ ।
रक्षामन्त्री वाङ आउनु भन्दा एक दिन पहिले भारतीय विदेश सचिव श्रृङला नेपाल आएर स्वदेश फर्किसकेका हुनेछन् ।

श्रृङला विदेश सचिवको पद सम्हालेपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल आएपछि पहिलो दिन परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेट्ने छन् भने त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने छन् । त्यसको भोलीपल्ट प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छट्टाछुट्टै भेटेर स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्रोतका अनुसार भारतीय विदेश सचिव श्रृङलाले केही राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम पनि रहेको छ । उनको भ्रमण मुलत दुई देशबीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारमा केन्द्रीत हुने बुझिएको छ ।

डिसेम्बरमा विदेशमन्त्री एस. जयशंकर आउने कार्यक्रम पनि रहेको छ । तर उनको मिति तय भएको छैन । विदेश सचिव जयशंकर फर्केपछि भारतका रक्षामन्त्री राजनाथ सिंह अथवा गृहमन्त्री अमित शाहमध्ये कोही एकजना नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!