काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ, जहाँ उनले आफ्नो सरकारप्रति बहुमतको समर्थन कायम रहेको प्रमाणित गर्नुपर्नेछ।
मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख छ, “नेपालको संविधानको धारा १८८(२) बमोजिम २०८२ असोज २८ गतेका दिन विश्वासको मतको प्रक्रिया अगाडि बढाइदिन अनुरोध गर्दछु।”
यसअघि ३१ भदौमा जनमत पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि, सिंह नेतृत्वको सरकार संकटमा परेको हो। त्यसयता राजनीतिक समीकरण फेरबदल भइरहेका छन्।