धनुषा, मधेस प्रदेश —लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशको मुख्यमन्त्री बन्ने दाबी पेस गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन्।

यस गठबन्धनले प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र एमालेलाई सरकार गठनको प्रक्रियाबाट बाहिर राख्ने रणनीति लिएको देखिन्छ।

प्रदेशसभामा शक्ति समीकरण

हाल मधेस प्रदेशसभामा १०५ जना सांसद क्रियाशील छन् (२ जना पद रिक्त)। दलगत हैसियत अनुसार सदस्य संख्या यसप्रकार छ:

  • एमाले: २५ (१ निलम्बित सहित)

  • नेपाली कांग्रेस: २२

  • जसपा: १९

  • जनमत पार्टी: १३

  • माओवादी केन्द्र: ९

  • लोसपा: ९ (१ निलम्बित सहित)

  • एकीकृत समाजवादी: ७

  • राप्रपा: १

  • नागरिक उन्मुक्ति पार्टी: १

  • सङ्घीय समाजवादी पार्टी: १

सरकार बनाउने पक्षमा बहुमत

सोनलको पक्षमा रहेका पाँच दलहरूमध्ये:

  • जनमत पार्टी: १३

  • माओवादी केन्द्र: ९

  • जसपा: १९

  • एकीकृत समाजवादी: ७

  • लोसपा: ८ (१ निलम्बित बाहेक)

जम्मा ५६ जना सांसदको समर्थन रहेको देखिन्छ, जुन बहुमतका लागि आवश्यक ५३ सदस्यभन्दा तीन बढी हो।

यदि प्रदेश प्रमुखले समर्थन पर्याप्त ठानेर सोनललाई मुख्यमन्त्री नियुक्त गरेमा, मधेस प्रदेशमा कांग्रेस र एमालेबिना नयाँ सरकारको गठन हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!