हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 987  पटक पढिएको

उर्लाबारी /मोरङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका एक सैन्य लडाकुलाई हतियारसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिकाबाट प्रहरीले सैन्य लडाकुलाई पेस्तोलसहित पेम्बा शेर्पालाई शनिबार साझ पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबार साझ ७ बजे उर्लाबारी ६ स्थित राधिका माध्यमिक विद्यालय नजिकबाट पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, पार्टीको पम्पलेटसहित पक्राउ गरिएको हो।

३२ वर्षीय शेर्पाको स्थायी घर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ।

शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको प्रहरी उपरीक्षक खड्काले बताए।

उनको साथबाट बरामद भएको पेस्तोल अमेरिकामा बनेको बताइएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीको बुझाइ छ ।

हाल शेर्पाविरुद्ध हातहतियार खरखजाना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!