हिपमत डटकम

शनिबार, मंसिर ०६, २०७७ || 1366  पटक पढिएको
तस्बिर -अनलाईन खबर

काठमाडौं /नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरे । भोलि आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

श्री सदनमा केके छन् ?

भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । २०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ ।

तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । त्यसपछि उनको कोठा खाली थियो ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।

दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ । यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!