हिपमत डटकम
बिराटनगर ,माघ-७:आज भिडियो कन्फरेन्समार्फत् प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् । आज नेपाल र भारतका दुवै प्रधानमन्त्रीले बटन दबाएर चेकपोष्ट उद्घाटन गरेका हुन् ।नेपाली समय अनुसार सवा ११ बजे संयुक्त चेकपोष्टआइसीपीको संयुक्त उद्घाटन हुने बताएको छ ।ट्वीटमार्फत् भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै आइसीपीको संयुक्त उद्घाटन हुने जानकारी गरेका थिए । आइसीपी संचालनमा आएपछि दुवै देशको आयात निर्यातमा सहजता आउने विश्वास लिइएको छ ।यो नेपाल भारतबीच दोस्रो संयुक्त चेकपोष्ट हो । यसभन्दा अघि वीरगञ्ज रक्सौलमा आइसीपी निर्माण भई संचालनमा आइसकेको छ । यसले नेपाल र भारत सम्बन्धमा सुधार आउने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!