हिपमत डटकम

शुक्रबार, कार्तिक ०१, २०८२ || 5418  पटक पढिएको

काठमाडौँ — डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेको बाराको सिमरास्थित हुलास स्टिल इन्डष्ट्रिज र अशोक स्टिलले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता तिर्न थालेका छन्।

हुलास स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकम ५० लाख ४३ हजार रुपैयाँको मासिक किस्तामा २८ महिनाभित्र बुझाउने सहमति गरेको छ। उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

सिमराकै अशोक स्टिलले पनि १७ करोड ५८ लाख रुपैयाँको बक्यौता २८ किस्तामा तिर्ने गरी सहमति जनाएको छ। उक्त उद्योगले पहिलो किस्ताको रूपमा ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार किस्ताबन्दीमार्फत बक्यौता असुलीले वित्तीय भार घटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!