मंगलबार, माघ ०७, २०७६ || 1249  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-७: भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको तुलनामा करिब १० अर्ब रुपियाँले घटेको छ । गत आवको मङ्सिरसम्म भ्रमण शीर्षकबापत ४१ अर्ब ३३ करोड रुपियाँ बाहिरिएकोमा यस वर्ष ३१ अर्ब ५१ करोड रुपियाँ भ्रमणमा बाहिरिएको हो । अर्थात् विगतको तुलनामा रकम बाहिरिने यस्तो दर अहिलेसम्म २३.७ प्रतिशतले घटेको छ । भ्रमण शीर्षकमै नेपाल भित्रने रकम भने बढेको छ । पाँच महिनासम्म यो शीर्षकमा ३६ अर्ब ८४ करोड रुपियाँ नेपाल भित्रिएको छ । गत आवमा यस्तो रकम ३२ अर्ब ४८ करोड रुपियाँ थियो । यस हिसाबले यो १३.४ प्रतिशतले बढी हो । यति मात्र होइन भ्रमणबापत विदेशिनेभन्दा स्वदेशिने रकम पनि चालू आवमा बढी देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!