हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1144  पटक पढिएको

अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं।

मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन्।

पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।

विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्‍याउँछ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ। बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ। जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं। हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं। जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन।

विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन्। तपाईं दिनको शुरुआत योग वा ध्यानबाट गर्न सक्नुहुन्छ। त्यसले मन र मस्तिष्कमा शान्ति र ऊर्जा भर्छ र तपाईं आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ।

आँखा र दिमागमा असर

मोबाइलबाट निस्किने किरणलाई लामो समय हेर्दा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै लान्छ । मोबाइलको किरण प्रत्यक्ष्य रूपमा आँखामा पर्ने हुनाले यसको असर टिभीको स्क्रिनको तुलनामा अझै कडा हुन्छ । ज्यादा मोबाइल प्रयोग गर्नाले आँखा र टाउको दुख्ने, गर्दन दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या निम्तिन सक्छन् । जुन यसले दिमागमा पार्ने असरको कारण बन्न सक्छ ।

तनाव र चिन्ता

चिन्ता विना शान्तिपूर्वक आफ्नो दिनचर्या सुरु गर्नु उत्तम हुन्छ । यदि तपाईंले बिहान उठ्ने बित्तिकै मोबाइललाई आफ्नो हातमा लिनुहुन्छ भने फोनकल, म्यासेज, इमेल, रिमाइन्डर, सोसल मिडिया इत्यादिले भरिएको हुन्छ जसले चिन्ता र तनाव निम्त्याउन सक्छ । यदि तपाईं निद्राबाट ब्युँझ्ने बित्तिकै सोसल मिडिया हेर्न सुरु गर्नुभयो भने, दिमाग यसमा गाँसिएको हुन्छ र अनावश्यक जानकारीले भरिन्छ । तनाव र चिन्ताको साथ दिनको सुरुवात स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

चिडचिडापन बढ्नु

यदि तपाईंले बिहान उठ्ने बित्तिकै मोबाइल फोन हेर्ने गर्नुभयो भने, तपाईंले नचाहँदा नचाहँदै पनि चिढचिढापन आइ नै हाल्छ । बिहानको तालिकाको सुरुवात मोबाइलमा प्राकृतिक रूपमा आफसेआफ परिवर्तन हुनसक्छ । यसको कारण यो हो बिहान उठेपछि मोबाइलमा केही त्यस्ता प्रकृतिका समाचार, फोटो, कार्टुन, चित्र देख्नुभयो जुन नकारात्मक छ, यसले सीधा मस्तिष्कलाई असर गर्छ । रिस उठ्ने, तनाव हुने, अनियन्त्रित हुने लगायतका कुरा यसको कारणले पैदा हुनसक्छ ।

कार्यक्षमतामा प्रभाव

बिहान सबभन्दा पहिले मोबाइल हेर्दा नकारात्मक सूचना देखेपछि दिमागले उही विषयको बारेमा सोच्न थाल्छ । यसले अन्य कामलाई ध्यानमा राख्दैन र सिधै कार्यक्षमतामा असर पुर्‍याउँछ ।

डिप्रेसनको डर

सुत्ने समयमा मोबाइल हेर्नु र उठ्ने बित्तिकै मोबाइल नै प्रयोग गर्दा अवस्था झन खराब हुनसक्छ । यसरी नियमित रूपमा प्रयोग गर्ने मानिसहरू डिप्रेसनबाट ग्रस्त हुन सक्छन् । बिहान उठ्ने बित्तिकै सामाजिक सञ्जाल र विभिन्न किसिमका समाचारहरू पढेर र हेरेर मानिस दिक्दारीमा फस्छ । अरूको जीवनशैली देखेर तिनीहरू निराश हुन्छन् र आफैंलाई तुलना गर्न थाल्छन् जसले प्रयोगकर्तामा डिप्रेसन निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!