हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 896  पटक पढिएको

भगवानका प्रतिमा र मूर्तिमा फूल चढाउने परम्परा छ । फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ ।

त्यही मान्यताका कारण मानिसहरू घरमा बनाएको मन्दिरमा पनि यो पुण्यकर्म गर्छन् । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ ।

ओइलाएको फूल नदी वा तलाउमा बगाउने गरिन्छ । तर त्यसो गर्नु हुँदैन । नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ ।

भगवानलाई चढाएको फूल ओइलाएपछि मन्दिरबाट हटाएर आफ्नो निधारमा टाँस्नुपर्छ अनि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ ।

फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ ।

रुखमुनि ओइलाएको फूल राख्दा मलखादका काम गर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ ।

भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन ।

भगवानलाई चढाएको प्रसाद पनि लामो समय राखिरहनु हुँदैन, भक्तहरूलाई बाँड्नुपर्छ । प्रसाद बाँकी रह्यो भने बिग्रनुअघि नै कुनै गाई वा कुकुरलाई खुवाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!